• बैशाख ९ २०८२, मंगलवार

सांग्रिला बैंकद्वारा बालुवाटारमा रहेको महेन्द्र माविका विद्यार्थीलाई झोला वितरण

बैशाख ३१ २०८१, सोमबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४ स्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कूल व्याग, २०० वटा कपी तथा २०० वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्वप्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो ।

सो व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरुमा हर्ष र सकारात्मक उर्जा थपिएको अनुभूति पाइएको विद्यालयले जनाएको छ ।

बैंकलाई जनमानसले गरेको विश्वास, स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।