काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्र आइतबार मधेस प्रदेश सरकारबाट बाहिरिएका छन् । त्यससँगै जसपाले पनि केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको हो ।
उक्त पार्टीको सोमबार (भोलि) केन्द्रीय समितिको बैठक बोलाइएको छ । सोही बैठकमा सरकारबाट बाहिरिने निणर्य लिइने एक नेताले बताए ।
जसपाका प्रवक्ता मनीष सुमनले भने पछिल्लो राजनीतिक परिस्थितिका विषयमा बैठकबाट निणर्य लिइने जानकारी दिए । “भोलि केन्द्रीय समितिको बैठक बस्दै छ,” उनले भने, “अब कसरी अघि बढ्ने भन्ने भोलिको बैठकले निणर्य गर्नेछ ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री र दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री छन् ।
जसपाबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने विभाजित पार्टी जसपामा आबद्ध भएका छन् ।