• मंसिर १३ २०८१, बिहीबार

अमेरिकाले हतियार नदिएपनि हमासविरुद्धको युद्ध एक्लै लड्छाैं : इजरेली प्रधानमन्त्री

बैशाख २८ २०८१, शुक्रबार

काठमाडाैं । हतियार आपूर्ति रोक्ने अमेरिकी चेतावनीमाझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्धको युद्ध जारी राख्ने बताएका छन् ।

इजरायली अखबार जेरूसेलम पाेष्टका अनुसार, अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीको खण्डन गर्दै उनले एक्लै भए पनि हमासविरुद्ध लड्ने बताएका हुन् ।

‘हामी एक्लै उभिनुपर्छ भने उभिन्छौँ’, बिहीबार राति एक सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आवश्यक परेमा हामी आफ्नो औंलाको नङले युद्ध लड्ने छौँ ।’

यद्यपि, इजरायलसँग औंलाको नङभन्दा धेरै थोक रहेको प्रधानमन्त्री नेतन्याहूको भनाइ छ । ‘आत्माको त्यही शक्तिका साथ, भगवानको मद्दतले हामी मिलेर जित्ने छौँ’, उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले बुधबार सीएनएनसँगको साक्षात्कारमा भनेका थिए, ‘इजरायल गाजाको राफामा पस्यो भने उसले गाजामा प्रयोग गर्दै आएको हतियार आपूर्ति रोकिदिने छौँ ।’