• मंसिर १३ २०८१, बिहीबार

अशोक पक्षको उपेन्द्रलाई जवाफ, ‘चित्त नबुझे उपेन्द्रजी अदालत गए हुन्छ’

बैशाख २७ २०८१, बिहीबार

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।
विभिन्न दलसँग एकीकरण गरी बनेको जसपा नेपाल नेतृत्वको अक्षमताका कारण एक रहिरहन नसकेको दाबी गर्दै जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेको आरोप लगाए ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनको भनाइ थियो ।

उनले निर्वाचन आयोग जस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरूको दल दर्ता गरेको पनि बताए । ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, उनको भनाइ थियो ।