काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी राष्ट्रिय महाधिवेशनसहितका विषयमा निर्णय लिन पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक आह्वान गरेका हुन् ।
बैठक वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ । पत्रमा राजनीतिक समिति सदस्य, केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
पार्टी विभाजन भएपछि यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।