• जेष्ठ ६ २०८१, आईतवार

चर्तित गायक प्रकाश सपुतले गरे फिल्म ‘वसन्त’ निर्माणको घोषणा

बैशाख २३ २०८१, आईतवार

काठमाडौँ । चर्चित गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सपुतले फिल्मको घोषणा गरेका हुन्।
कार्यक्रममा चलचित्र विकास कोर्डका अध्यक्ष भुवन केसी, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापालगायतको उपस्थितमा रहेको थियो ।

फिल्ममा कथा, संगीत र निर्देशन प्रकाशकै रहनेछ । फिल्मको आगामी भदौदेखि सुटिङ थालिने छ । प्रकाश आफै मुख्य भुमिकामा देखिने छन् भने नायिकामा स्वस्तिमा खड्का हुनेछिन् । फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको समेत अभिनय रहने छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । फिल्म २०८१ को चैते दसैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।