• जेष्ठ ५ २०८१, शनिबार

रोहित चुनिए वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी

बैशाख २२ २०८१, शनिबार

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

गएको शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चाल्र्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए ।

पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३-२ ले च्याम्पियन बन्यो ।