• जेष्ठ ५ २०८१, शनिबार

अचम्मै लाग्दो ‘बोक्सीको घर’को व्यापार,जताततै चर्चै चर्चा

बैशाख २० २०८१, बिहीबार

काठमाडौं ।  ‘बोक्सीको घर’ प्रदर्शनमा आएदेखि बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले आक्रामक व्यापार गरेपछि यो फिल्मको विदेशमा समेत माग बढेको छ ।

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको यो फिल्मले जताततै चर्चा र तारिफ बटुलिरहेको छ ।

समाजमा व्याप्त रुढीवादी प्रथाको कथा बोलेको यो फिल्ममा बालविवाह र समाजमा रहेको बोक्सीको कुप्रथाको कथालाई देखाइएको छ । फिल्ममा केकी अधिकारी, सुलक्षण भारतीय, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलाकारको अभिनय छ ।