• मंसिर १३ २०८१, बिहीबार

निर्वाचन क्षेत्र नपाएका प्रचण्डले गोरखाबाट चुनाव जितेपछि गुन बिर्सिए : बाबुराम भट्टराई

बैशाख १९ २०८१, बुधबार

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले निर्वाचन जितेपछि गुन बिर्सिएको आरोप लगाएका छन् । बुधबार १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले दाहालले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।

निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौंतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरे । उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिए ।

‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्ड जीले आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाइरहनुभएको छ । प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईंकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध र्गयौँ । आखिर तपाईंकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईंले फेरि साथ दिनुपर्यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौं । मलाई प्रचण्डजीको विश्वास थिएन । उहाँले सत्ताका निमित्त जोपनि गर्नुहुन्छ, त्यो मलाई थाहा थियो । तर माओवादी भित्रका साथीहरूले नयाँ ढंगले जान्छौं, माओवादी युगको समय सिद्धियो । अब नयाँ समाजवादी ध्रुवीकरणको कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौ भनेको हुनाले एउटा साझा चुनाव चिन्हमा लिएर जाऊँ भनेको हो’, माओवादीसँगको सहकार्यबारे उनले प्रस्ट पार्दै उनले भने ।