काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा संयुुक्तरूपमा आयोजित १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उनले धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताए ।
गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिए । कार्यक्रममा सांसद् मोहन आचार्यले रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसँग आग्रह गरे ।