• मंसिर १२ २०८१, बुधबार

इरानमाथि इजरायली आक्रमणपछि संसारभर तेल र सुनको मूल्य बढ्यो

बैशाख ७ २०८१, शुक्रबार

तेहरान । इरानमाथि इजरायली आक्रमणपछि संसारभर तेल र सुनको मूल्य बढेको छ । शुक्रबार एसियामा कच्चा तेलको मूल्यमा ३ प्रतिशतको वृद्धि देखिएको छ । कच्चा तेलको मूल्य प्रति ब्यारल करिब ९० डलरसम्म पुगेको छ ।

उता, सुनको भाउ नयाँ रकेर्ड छुँदै २४०० डलर प्रतिऔंससम्म पुगेको छ । लगानीकर्ताहरू इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलको प्रतिक्रिया नियालिरहेका थिए ।

शुक्रबार बिहान इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेको अमेरिकी र इजरायली अधिकारीले पुष्टि गरेका छन् । इरानले भने यस्तो दाबी इन्कार गरेको छ ।