• बैशाख १० २०८२, बुधबार

हेलिकप्टर दुर्घटनामा परी केन्याका सेना प्रमुखको मृत्यु

बैशाख ७ २०८१, शुक्रबार

नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ ।

सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ जना उच्च सैन्य अधिकारी सवार थिए । सवारहरूमध्ये २ जना मात्रै बाँचेका छन् । ओगोल्लालाई गएको वर्ष अप्रिलमा सेना प्रमुख नियुक्त गरिएको थियो । त्यसअघि उनले हवाई बलमा कमान्डर र रक्षा बलमा उपप्रमुखको रूपमा काम गरेका थिए ।

उनले सन् १९८४ को अप्रिल २४ मा केन्याको रक्षा बलमा सहभागी भएका थिए । आगामी हप्ता उनी रक्षा सेवामा छिरेको ४० वर्ष पुग्दै थियो । विमान दुर्घटनाको कारण खोज्न छानबिन भइरहेको बताइएको छ ।