• मंसिर १८ २०८१, मंगलवार

उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन

बैशाख ६ २०८१, बिहीबार

बैशाख ६,भक्तपुर
नेपाली साहित्यको क्षेत्रमा ‘प्रतिनिधि नेपाली गजल सङ्ग्रह’ ‘दिलको गजुर’ गीति सङ्ग्रह तथा हैसियत गजल सङ्ग्रह प्रकाशित गरिसकेकी चर्चित साहित्यकार उर्मिला कोइरालाको चौंथो कविता सङ्ग्रह ‘घाममाथि घामकै किरण’ एक भव्य कार्यक्रमका बीच विमोचन गरिएको छ ।

भक्तपुर कौशलटार स्थित रिडर्स हवमा आयोजना गरिएको उक्त कार्यक्रम साहित्य पोस्टद्वारा आयोजित गरिएको थियो । उक्त कार्यक्रममा साहित्य पोष्टकी सदस्य तथा चर्चित कवि लेखक एवं समिक्षक अनिता कोइरालाको सभापतित्वमा तथा युवापुस्ताकी चर्चित समिक्षक लेखक एवं उपन्यासकार पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालको समालोचकीय भूमिकामा नेपाली साहित्यिक क्षेत्रका प्रख्यात थुप्रै साहित्यकारहरुको उपस्थितिबीच सो कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

विमोचन कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेकी चर्चित कवि,लेखक,समिक्षक डा.अम्बिका अर्यालले साहित्यिक क्षेत्रमा लैंगिक बहश भन्दा पनि स्तरीयता र गुणात्मक योगदान प्रमुख कुरा हुने बताउँदै कवि उर्मिला कोइरालाको साहित्यिक सक्रियता आसालाग्दो मात्र नभएर लोभलाग्दो रहेको बताइन् ।

लेखनकर्ममा समर्पित नारी हस्ताक्षरको सङ्घर्षको गाथालाई कार्यक्रममा उल्लेख्य रुपमा उपस्थित भएका महिला सहभागिताले समेत पुष्टि गरेको भन्दै मानवतावादको जगमा लेखिने साहित्य अझै सुन्दर हुने धारणा राख्दै कविताले युगको आवाज बोल्नुपर्ने अनि समाजलाई दिशानिर्देश गर्नुपर्ने कुरा बताउँदै कवि कोइराला त्यसमा खरो उत्रिएकोले
आगामी दिनमा उनको योगदान अझै सशक्त रुपमा देखिने भन्दै कृति सफलताको कामना गरेकी छन् ।