• मंसिर १२ २०८१, बुधबार

राति भात खाने कि रोटि ?

बैशाख ६ २०८१, बिहीबार

राति भात भन्दा रोटी खानु राम्रो विकल्प हो ।

राति र बिहानको बीचमा खाने समयको अन्तरले गर्दा रोटी सही विकल्प हो । यद्यपि रोटी र चामललाई सन्तुलित ढंगले सेवन गर्नु अझ बढी फाइदाजनक हुन्छ । के खाने सँगै कति खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

तौल नियन्त्रण गर्नु छ वा मधुमेह नियन्त्रण गर्नु छ भनेर राति भात नखाने तर पाँच-छ वटा रोटी खाने हो भने तौल र मधुमेह दुवै नियन्त्रण हुँदैन । मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

त्यसैले तौल घटाउने सोचमा हुनेहरुले राति दुईवटा रोटीसँगै तरकारी, दाल सलाद खानु राम्रो हुन्छ । राति भात खानु परेमा खिचडी बनाएर त्यसमा प्रशस्त दाल हाल्ने । स्वस्थ आहारका लागि भात र रोटी दुवै राम्रो भए पनि तौल घटाउन भातभन्दा रोटी उत्तम विकल्प हुनसक्छ ।