बैशाख ५, काठमाडौं । प्रतियोगता अन्तर्गत बुधबार दिउँसो हुनुपर्ने खेल सुरु हुन सकेको छैन । खेल नेपाली समयअनुसार पौने १२ बजे अल अमिरात मैदानमा सुरु हुनुपर्ने भए पनि सवा १२ बजेसम्म टससमेत हुन सकेको छैन ।
अहिले नेपाल र साउदी अरबबीच समूह चरणको अन्तिम खेल कार्यतालिका थियो । मंगलबार भएको वर्षाका कारण मैदान गिलो भएपछि खेलमा ढिलाइ भएको छ । मैदान खेल्न मिल्ने अवस्थामा छैन । सेमिफाइनमा पुगिसकेको नेपालका लागि यो खेल औपचारिकता मात्र हो तर, समूह विजेताको भने टुंगो लाग्न बाँकी छ ।
यसरी नेपाल र साउदीबीचको खेल सयममा नहुनुमा युनाइटेड अरब इमिरेन्ट्स प्रमुख कारण हो । यूएईले मंगलबार आफ्नो मुलुकमा कृत्रिम वर्षा गराएको थियो, जसका कारण यूएईलगायत सो आसपासमा मुलुकमा भारी वर्षा भएको हो । क्लाउड सिडिङ गराएर यूएईले वर्षा गराएको हो । तर, यसपटक क्लाउड सिडिङमा गडबडी हुँदा अपेक्षाभन्दा धेरै वर्षा भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार मात्र यूएईको अन्तराष्ट्रिय विमानस्थलमा १६० मिलिमिटर वर्षा भएको छ । यो मात्रको वर्षा यूएईमा दुई वर्षमा हुन्थ्यो । दुई वर्षमा हुनुपर्ने वर्षा एकैपटक भएपछि क्लाउड सिडिङमा गडबडी भएको भन्दै वैज्ञानिकहरू चिन्ता व्यक्त गरेका छन् । वर्षाका कारण यूएईमा फ्लस फ्ल्याड भएको छ । र, यो डेजर्ट मुलुक पानीमा डुबेको छ ।