• आश्विन १३ २०८१, आईतवार

स्वादिष्ट र शीतलता प्रदान गर्ने फल खरबुजा खानुका फाइदा

बैशाख ५ २०८१, बुधबार

गर्मी मौसममा बजारमा धेरै खरबुजा देखिन्छन् । खरबुजा एउटा स्वादिष्ट र शीतलता प्रदान गर्ने फल हो। यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। खरबुजामा ९२ प्रतिशत पानीको मात्रा हुन्छ जसले शीतलता प्रदान गर्नमा निकै मद्दत पुर्याउँछ।

खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ । खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ । खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ ।

यसमा पानीसँगै भिटामिन बी ६, भिटामिन सि, ए र ई पनि प्रशस्त्र पाइन्छ । यसले केबल डिहाइड्रेसनको समस्याबाट मात्र राहत नदिई मानसिक रुपमा नै व्यक्तिलाई फाइदा गर्छ । एक अध्ययनले खरबुजा खाँदा तनाव, चिन्ता कम हुने देखाएको छ ।

खरबुजाको सेवनले मिर्गौला स्वस्थ रहन्छ। नियमित रूपमा खरबुजाको सेवन गर्दा छालामा भएको रुखोपनाको समस्या हराएर जान्छ । भिटामिन ‘ए’ ले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । खरबुजामा पाइने भिटामिन ए र सी ले कपाल स्वास्थ्य र चम्किलो बनाउन मद्दत गर्छ । खरबुजामा भएको पानीको मात्राले र फाइबरले पाचन प्रक्रियामा सहज बनाउँछ।

दैनिक मात्रामा खरबुजा खाँदा शौचलाई नियमित बनाउँछ । कब्जियतको समस्या कम गर्नमासमेत निकै मद्दत गर्दछ।
खरबुजाको नियमित सेवनले तौल कम गर्नका फाइदा पुग्छ।