• आश्विन १३ २०८१, आईतवार

यस्ता विरामीले ‘बेड टी’ कहिल्यै पिउनु हुँदैन

बैशाख ४ २०८१, मंगलवार

बजारमा अनेकथरी चिया छन् । हर्बल टि, लेमनग्रास टि आदि । यी खासमा चिया होइनन् । चियामा मिश्रण गरिएका फ्लेबर हुन् । तर यस्ता विरामीले कहिल्यै पनि चिया खानु हुँदैन ।

जुन मानिसलाई हाई ब्लड प्रेशरको समस्या छ, त्यस्ता मानिसले बेड टी कहिल्यै पिउनु हुँदैन । यसमा समावेश क्याफिन शरीरमा घुल्नासाथ ब्लड प्रेशर बढ्छ, जसले भविष्यमा मुटु सम्बन्धि रोगको खतरा उत्पन्न हुन्छ ।

तनाव

प्रायः हामी टेन्सन अर्थात तनाव कम गर्नका लागि बिहान चिया पिउँछौ । तर बिहान खाली पेटमा चिया पिउनाले तनाव झन् धेरै बढ्छ । वास्तवमा चियामा क्याफिनको मात्रा धेरै हुन्छ, जसले निद्रा भगाउँछ । तर विशेषज्ञका अनुसार चिया पिउनाले तनाव झन् धेरै बढ्छ ।

पाचनमा प्रभाव

बिहान खालि पेटमा चिया पिउनु पाचनका लागि राम्रो मानिँदैन । बिहान खाली पेटमा चिया पिउनाले पेटमा ग्यासको समस्या उत्पन्न हुन्छ र पाचन प्रणाली पनि सुस्त हुन्छ ।

मधुमेह

बिहान खाली पेटमा चिया पिउनाले ब्लड शुगर अर्थात मधुमेह बढ्छ । यसो हुँदा शरीरका विभिन्न कोशिकालाई आवश्यक न्यूट्रिएन्ट प्राप्त हुँदैन । बिहान खाली पेटमा चिया पिउनाले मधुमेह हुने खतरा बढ्छ ।

अल्सर

यदि तपाईं बिहान खाली पेटमा चिया पिउनु हुन्छ भने आजैदेखि यो बानीलाई त्याग्नु पर्छ । बिहान खाली पेटमा चिया पिउनाले पेटका भित्रि अंगहरुमा चोट लाग्छ र अल्सर हुन खतरा बढ्छ ।