काठमाडौं । इजरायलले इरानमाथि जवाफी आक्रमण गरे अमेरिकाले त्यसमा साथ नदिने चेतावनी दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।
इरानले इजरायलमाथि हालै ड्रोन तथा मिसाइल आक्रमण गरेको थियो । तर, इजरायलले त्यसको जवाफी आक्रमण गरे अमेरिकाले साथ नदिने चेतावनी दिएको हो ।
इरानले यसलाई १ अप्रिलमा सिरियामा रहेको इरानी दूतावासमाथि भएको आक्रमणको जवाफ भनेको छ ।
यो आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग टेलिफोन कुराकानी गरेका थिए ।
त्यसक्रममा उनले इजरायलले आफ्नो प्रतिक्रियामाथि संसयता अपनाउन सुझाएका बीबीसीले जनाएको छ । त्यसक्रममा बाइडेनले नेतन्याहुलाई ध्यानपूर्वक र रणनीतिक तरिकाले सोच्न भनेका थिए ।