• बैशाख २३ २०८१, आईतवार

विमल भट्टराईको ‘भ्रष्टाचारी’ नामक म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

बैशाख २ २०८१, आईतवार

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत ‘भ्रष्टाचारी’ बजारमा आएको छ । देशको हालको अवस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको रहन सहनले पारेको असर लगायतका बिषय समेटिएको गीत ‘भ्रष्टाचारी’ बजारमा आएको हो ।

अर्जुन पाण्डे र दीपा न्यौपानेको शब्द सृजनामा बनेको गीतमा लोकजि मिजारले संगीत भरेका छन् । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोकजि मिजार र सनम श्रीपालीको आवाज रहेको छ । गीतलाई दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।

पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथा बस्तु समेतिएको गीतका प्रस्तुतकर्ता विमल भट्टराईले बताएका छन । भट्टराईले टिभी सिरियलहरु भाविको लेखान्त, जोइटिङ्ग्रे, गरिवको जीवन, आधा सिन्दुर र ताई न तुई, सर्ट फिल्म सामाजिक दुरी, गरिवको जीबन, विभिन्न म्युजिक भिडियो यस्तै लगायत धेरैमा काम गरि सकेका छन् भने उनी शिखा मिडिया प्रालि अर्थात् दर्पण पोष्ट डटकमको अध्यक्ष पनि रहेका छन् ।

भिडियोमा विमल भट्टराई, अर्जुन पाण्डे, दीपा न्यौपाने, सारिका दर्लामी लगायका कलाकारको अभिनय रहेको छ । सन्तोष बस्यालको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोका कोरियोग्राफर सुमन थापा हुन् ।

गीतले नेपालको अवस्थालाई नजिकबाट प्रस्तुत गरेको जानकारी दिँदै प्रस्तुतकर्ता भट्टराईले नेपाली जनतालाई सचेतना फैलाउन यस प्रकारका गीत संगीत फेरि पनि ल्याउने बताएका छन् ।