• मंसिर १२ २०८१, बुधबार

अल्छी लाग्नुका कारण

बैशाख २ २०८१, आईतवार

अनिद्रा

तपाईं राम्ररी सुत्नुभएको छैन । निद्रा विथोलिएको छ । निद्रामा धेरै सपना देख्नुभयो वा ऐंठन पर्नुभयो । वा सुत्ने तालिका मिलेन । यस्तो अवस्थामा तपाईंको शरीरमा उर्जा हराउँछ । बिहान उठ्दा तपाईंको शरीर कमजोर भएको महसुष हुन्छ ।जब हामी गहिरो निद्रा लिन्छौं, शरीरलाई राम्ररी विश्राम मिल्छ । सामान्यत शरीरलाई दैनिक सात वा आठ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ ।

सोडियमको कमी

अल्छी लाग्नुको अर्को कारण हुनसक्छ शरीरमा सोडियमको कमी । यदि शरीरमा सोडियमको कमी भयो भने हामीलाई थाकेको, गलेको वा उर्जा नै नभएको महसुष हुन्छ ।सोडियम हामीले नुनमार्फत प्राप्त गरिरहेका हुन्छौं । तर, धेरै नुन खानु स्वास्थ्यका लागि उचित हुन्न । त्यसैले यसको सन्तुलनमा एकदमै ध्यान दिनुपर्छ । सामान्यत एक जना वयस्कले दिनमा पाँच ग्रामदेखि एक चम्चा नुन खान सक्छन् ।

क्याल्सियम अपुग

क्याल्सियमको अभाव भएमा शरीर लुलो भएको महसुष हुन्छ । हातखुट्टा, जोर्नी वा मांशपेसी दुखेको जस्तो लाग्छ । काम गर्ने जाँगर चल्दैन । अल्छी लाग्छ ।शरीरलाई उर्जावान र तन्दुरुस्त राख्न एकदमै जरुरी मिनरल हो, क्याल्सियम । यसलाई सुक्ष्म पोषक तत्व भनिन्छ । हड्डी बलियो बनाउन र स्वस्थ संरचनाका लागि क्याल्सियम आवयश्क पर्छ । अनिद्रा, डिप्रेसन, डिमेन्सिया पनि क्याल्सियमकै कमीले हुनसक्छ ।दूध, बदाम, सुन्तला, ब्रोकाउली, भिन्डी, अन्डा आदिबाट क्याल्सियम प्राप्त हुन्छ ।

भिटामिनको अभाव

भिटामिनले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा भिटामिन बी १२ को कमीले नशाहरु कमजोर हुन्छ । त्यसैले शरीर लुलो हुने, हातखुट्टा झमझमाउने, करेन्ट लागेजस्तो हुन्छ ।भिटामिनको अभाव भएमा शरीर अल्छी र शिथिल हुन्छ ।गोलभेडा, सखरखण्ड, गाजर, ब्रोकाउली आदि भिटामिनको स्रोत हुन् ।

थाइरोइड भएमा

हाम्रो घाँटीभित्र एक ग्रन्थी हुन्छ । यो ग्रन्थीले मुटु, मस्तिष्क र शरीरका अरु अंगलाई सही तरिकाले काम गर्नका लागि हर्मोन पैदा गर्छ । शरीरलाई उर्जावान बनाइराख्न थाइराइड ग्रन्थीले काम गर्छ ।जब थाइरोइड हर्मोन गडबड भएमा पनि अल्छी लाग्छ । थाइराइडको गडबडीले निद्रा नलाग्ने, शरीर गलेको महसुष हुने, बोल्न वा काम गर्न जाँगर नलने, दिक्क लाग्ने हुन्छ ।

रगतको कमी

अल्छी लागिरहनुमा शरीरमा रगतको अभाव पनि एउटा कारण हुनसक्छ । किनभने शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउने काम रगतले गर्छ । जब रगतको कमी हुन्छ, शरीरका ति सबै भागहरुमा अक्सिजन राम्ररी प्रवाह हुन पाउदैन । यही कारण हाम्रो शरीर सिथिल हुन्छ ।हिँड्दा, काम गर्दा थकान महसुष हुन्छ । हामीलाई हरक्षण अल्छी लागिरहन्छ ।