अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यस कारण सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।
- सामान्य व्यक्तिले भन्दा बढी पानी पत्थरी भएका व्यक्तिले पिउनु आवश्यक छ । बढी पानी पिउनाले पिसाबको मात्रा पनि बढ्छ । र, जसले मिर्गौलामा बनेको पत्थरलाईं बगाएर फ्याक्न मद्दत गर्छ ।
- हरियो मकैको चिया पिउँदा पनि फाइदाजनक हुन्छ । यस्तो मकैमा प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्रा प्रशस्त हुन्छ । यसले मूत्र उत्सर्जनलाई पनि बढाउने काम गर्छ । त्यस्तै, यो चियामा टाट्रेट्स नामक तत्व पनि हुन्छ । जसले पत्थरी बन्ने क्रियालाई रोक्ने काम गर्छ । मकैको चियाले मिर्गौलाको इन्फेक्सन कम गर्न र मुत्रथैलीलाई शसक्त बनाउनको लागि पनि मद्दत गर्छ ।
- नरिवल पानी निकै लाभदायक मानिएको छ । नरिवलको पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण रहेको हुन्छ । यति मात्रा नभएर बनिसकेको पत्थरलाई समेत हटाउने विशेष रसायन नरिवलको पानीमा हुन्छ । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइने भएकाले यसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।
- जौलाई माडको रुपमा सेवन गर्नु भएको छ रु यदि तपाईंमा मिर्गौलासम्बन्धि समस्या छ भने आजैदेखि यसको सेवन गर्न सक्नुहुन्छ । यसले मुत्र९प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको संक्रमणबाट पनि बचाउने काम गर्छ ।
- भुईकटहरको जुसले पनि पत्थरीको बिरामीलाई राहत मिल्छ । यसमा पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छन्।
- पत्थरीका बिरामीलाई केराले पनि फाइदा पुर्याउने गर्छ । केरामा भिटामिन-बी ६ पाइन्छ । जसले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउाछ । जसले गर्दा पत्थरीको समस्याले भयावह रुप लिन पाउादैन ।
- बदामको प्रयोगले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । मिर्गौलामा पत्थरी पीडितको लागि पनि यो उत्तिकै लाभदायक मानिन्छ । बदाममा म्याग्नेसियम र पोटासियमको मात्रा प्रशस्त हुने भएकाले मिर्गौलामा पत्थरी बन्न दिदैन ।
- कागतीमा भिटामिन सीको राम्रो अत्याधिक रहने भएकाले सिट्रेट नामक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ । जुन अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउने काम गर्छ ।
- गाजरले पनि पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्रनलीमा हुने घाउ निको पार्नको लागि पनि मद्दत पुर्याउँछ ।
- गहतले पत्थरी रोग नियन्त्रणको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई उत्तम औषधीको रुपमा लिँदा पनि फरक पर्दैन । यसले पत्थरी हुन नदिनुका साथै भएको पत्थरीलाई पनि गलाउने काम गर्छ । जसले गर्दा मिर्गौलामा बनेको पत्थरी सहजै बाहिरिन्छ ।