• मंसिर १४ २०८१, शुक्रबार

कांग्रेस र राप्रपाले अवरोध गरेपछि संसद बैठक २ गतेसम्म स्थगित

चैत्र २८ २०८०, बुधबार

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन भएको छ ।

बुधबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि सदन अवरोध भएको थियो । अवरोध भए पछि सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेका थिए ।

उनले सांसदहरूलाई बस्नका लागि आग्रह गरे । तर, कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर सभामुख घिमिरेले वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिए ।