• आश्विन १३ २०८१, आईतवार

गर्मीमा दादबाट छुटकारा पाउने घरेलु उपाय

चैत्र २८ २०८०, बुधबार

गर्मीमा दादको समस्या निकै नै बढ्ने गरेको पाइन्छ । शरीर चिलाएर रातो खटिरा आउने र निको भए पनि यसको दाग कहिल्यै हटेर नजाने समस्यालाई दाद भनिन्छ। शरीरको हात, पाखुरा, गर्दन, घाँटी वा अन्य भागमा चिलाएर रातै खटिरा आउने वा खटिरा पाकेर दाग बस्ने जस्ता समस्या गर्मी मौसममा फैलिने गरेको पाइन्छ ।

दादले अधिकांश व्यक्तिहरूलाई सताइरहेको हुन्छ र कति औषधी उपचार गर्दा पनि यसबाट मुक्ति पाउन सकि रहेका हुँदैनन्। आफू सफासुग्घर रहँदारहँदै पनि कहिलेकाहीँ यस्ता समस्याबाट पीडित भएको गुनासो सुन्ने गरिन्छ। यो अरुबाट सरेर आएको हुन सक्छ। जस्तो सुकै दादको पनि घरेलु उपचार विधि अपनाएर दादबाट छुटकारा पाउन सकिन्छ ।

लसुन
लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छालाको सङ्क्रमणको लागि अचुक शुत्र हुन आउँछ। त्यसैले २र३ वटा ताजा, नकुहिएको लसुनको पोटी लिनुहोस् र त्यसलाई मसिनो गरी पिसेर लेदो बनाउनुहोस्। अब दादलाई मनतातो पानीले सफा गर्नुहोस् र नरम सफा कपडाले पुछेपछि लसुनको लेदो बाक्लो गरी लेप्नुहोस् । धेरैमा २ घण्टासम्म त्यत्तिकै राखिसकेपछि त्यसलाई फेरि मनतातो पानीले सफा गर्नुहोस्। ध्यान रहोस् कि २ घण्टाभन्दा बढि राख्नाले त्यसले उल्टो असर गर्न सक्छ र दादलाई पकाउन पनि सक्छ।

काँचो बेसार
सुकेको बेसार होइन, धूलो बेसार होइन, केवल काँचो र ताजा बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

नरिवलको तेल, कपुर, कागती
बनाउने र लगाउने विधि एक सफा कचौरामा दुई चम्चा नरिवलको तेल र कपुरको दुइटा दानालाई धुलो बनाएर मिसाउने। कपुरलाई सजिलै हातले नै धुलो पार्न सकिन्छ । यी दुई सामग्रीलाई राम्ररी मिसाएर मिक्स्चर बनिसकेपछ ।

एउटा कागतीलाई दुई टुक्रामा काट्नुहोस्। अब नरिवलको तेल र कपुर मिसाएर बनाएको मिक्स्चरमा आधा भाग कागतीको टुक्रालाई चोपेर जहाँ जहाँ दाद छन् त्यहाँ विस्तारै यसले सर्कुलर मोसनमा लगाउने। कागतीले पोलेको छ भने यत्तिकै हातले नै लगाउन सक्नुहुनेछ।

यसरी लगाईसकेपछी करिब १५ मिनेट सम्म राख्नुहोस्। १५ मिनेट पछी धोएर तपाइँ संग दाद सम्बन्धी कुनै प्रकारको क्रिम छ भने लगाउनु होस् । यदि त्यस्तो कुनै क्रिम छैन भने ठिकै छ। यी सामग्रीहरु दाद अथवा फंगल इन्फेक्सनको लागि एक अचुक औषधी हो। यस्ता दाद, खटिराहरु पुरै निको नहुन्जेल यो विधि अपनाउनुहोस्।

भिनेगर र नुन
भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस्। ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।