• मंसिर १४ २०८१, शुक्रबार

कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

चैत्र २७ २०८०, मंगलवार

वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यामलाल कँडेल नियुक्त भएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यसअघि कँडेलले सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी केन्द्र र नेकपा एस गरी कूल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

कँडेलले गठबन्धनमा रहेका एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।

४० सदस्यीय प्रदेशसभामा प्रदेशमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ । वर्तमान गठबन्धनको पक्षमा सभामुखसहित २४ जना सांसद छन् ।