• मंसिर १२ २०८१, बुधबार

धेरै पसिना आउनुका कारण

चैत्र २७ २०८०, मंगलवार

हाइपरहाइड्रोसिसबाट पीडित व्यक्तिमा पसिनाको ग्रन्थी अधिक सक्रिय हुने गर्छ । यही कारण बढी पसिना आउँछ । भारतमा करिब ७ देखि ८ प्रतिशत व्यक्तिहरुमा यो समस्या छ । स्वेट ग्लैंड अर्थात पसिनाको ग्रन्थीमा गडबडी तनाव, गर्भावस्था, धूमपान, महिनावारी, मोटोपन, दवाइको असर, मसालेदार खाना जस्ता कारणले पनि पसिना आउने हुन्छ । कुनै अन्य कारण वा किशोरावस्थामा शरीरमा हुने परिवर्तनले पनि पसिनाको मात्रा बढ्न सक्छ । चिन्ता, डर वा तनाव आदिमा पनि पसिना आउने गर्छ । कुनै राम्रो चिकित्सकको सल्लाहमा जाँच गर्नु आवश्यक हुन्छ ।