• मंसिर १४ २०८१, शुक्रबार

कोशी प्रदेश सरबारबाट माओवादीका ३ मन्त्रीले दिए राजीनामा

चैत्र २६ २०८०, सोमबार

काठमाडौं । नयाँ समीकरण अनुसार प्रदेश सरकार फेरबदलको कोर्ष कोशीमा पनि सुरु भएको छ। सोमबार कोशी प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएका छन्।

यससँगै यस प्रदेशमा पनि नयाँ सरकार गठनको कोर्ष सुरु भएको हो। प्रदेश सरकारमा माओवादीबाट सहभागी तीन जना मन्त्रीले सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।

माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेलगत्तै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले राजीनामा दिएका हुन्।

नेकपा एसले भने अहिलेसम्म मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छैन। नयाँ सरकार गठनका लागि मन्त्री फिर्ता भएसँगै बाटो खुल्ला भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।