काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका एमाले र माओवादी केन्द्रको बैठक बसेको छ ।
‘बैठक बसेर भर्खरै सकियो । छलफल सकारात्मक छ । विराटनगरमा उपलब्ध गठबन्धनका नेताहरू छलफलमा हुनुहुन्थ्यो,’ एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले भने, ‘अब थप नेताहरूसहित बैठक बस्ने सहमति भएर बैठक टुङ्गीएको छ ।’
बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना थिए । त्यस्तै बैठकमा माओवादी केन्द्रबाट इन्द्र आङ्बो र जीवन आचार्यको उपस्थित थिए ।
गठबन्धनका अन्य दलहरू नेकपा एस र जसपासँग समेत छलफल गरेर सरकार गठनको विषयलाई अघि बढाउने प्रारम्भिक छलफल भएको भण्डारीले बताए ।