काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
गण्डकीमा सभामुख समेतको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेपछि कांग्रेस सो विरुद्ध अदालत जान लागेको हो । आइतबार बिहान खगराज अधिकारीले बहुमत सांसदहरूको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसले ३१ जनाको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुख समक्ष माग राखेको थियो ।
तर संविधानको धारा १६८ (२) बमोजिम आह्वान भएको र दलको तर्फबाट दाबी पेश भएकाले सनाखत जरुरी नभएको एमाले नेताहरूको दाबीलाई नै सदर गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई नियुक्त गरिसकेका छन् ।