• मंसिर १४ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणः न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलासमा सुनुवाइ शुरु

चैत्र २५ २०८०, आईतवार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा सुनुवाइ सुरु भएको छ ।  न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ ।

यो मुद्दाको पछिल्लो साता लगातार पेसी तोकिँदै आएको छ। गत आइतबारदेखि निरन्तर पेसी तोकिँदै आए पनि सुनुवाइ हुन सकेको थिएन ।

बन्दीको निवेदन भएकाले सर्वोच्चले प्राथमिकता दिएर सुनुवाइका लागि पेसी तोक्दै आएको छ । तर निवेदनकले दुई पटक स्थगित गरे भने एक पटक हेर्न नमिल्ने हुँदै स्थगित भयो । आइतबार उक्त मुद्दा ड नम्बरमा पेसी तोकिएको छ। त्यसअघि निवेदन फिर्तादेखि अन्य प्रक्रियागत मुद्दाहरु पेसी तोकिएको छ ।

आइतबार पेसी तोकिएको मुद्दामा अर्को एक थान सँगै राख्ने, छुटेको कुरा बहसमा आएपछि लगाउ राख्ने आदेश गरेको थियो । सोमबार पनि पेसी तोकिएको थियो । उक्त दिन निवेदका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए ।

सर्वोच्चले बुधबार पनि तोकेको थियो। बुधबार न्यायाधीशद्वय शुष्मालता माथेमा र अब्दुल अजिज मुलसमानको इजलासमा पेसी तोकिएको थियो। उक्त दिन पनि निवेदनकका कानुन व्यवसायीले स्थगित गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ थान निवेदन रहेका छन् ।