• मंसिर १२ २०८१, बुधबार

बिटरुट अर्थात् चुकन्दर खानुका फाइदा

चैत्र २३ २०८०, शुक्रबार

बिटरुट अर्थात् चुकन्दर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै मात्रामा फाइबर, फ्लेभेनाइडस र भेटासायनिन हुन्छ ।

भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र हृदयाघातको जोखिम हुन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ ।

चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । साथै गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यामा छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्‍याउँछ । शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।