बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रबार दलहरूलाई सरकार गठनका लागि आह्वान गर्ने भएका छन् ।
संविधान अनुसार प्रदेश प्रमुख शेरचनले शुक्रबार बिहान सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नासाथ बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने नियम रहेको छ । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्न थालिएको हो ।