• जेष्ठ ५ २०८१, शनिबार

रुपन्देहीमा अवैध रुपमा ल्याइएको खाद्य पदार्थ प्रहरीद्वारा बरामद

चैत्र २२ २०८०, बिहीबार

बुटवल । रुपन्देहीमा प्रहरीले अवैध रुपमा ल्याइएको ३४ लाख रुपैयाँ बराबरको खाद्य पदार्थ बरामद गरेको छ । बिहीबार प्रहरीले अवैध रुपमा ल्याइएको मटर केराउ र मकै बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ४ सुगर मिल नजिकैको ट्रकबाट केराउ र मकै बरामद गरेको हो । उक्त खाद्य पदार्थ भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार मटर (केराउ) ३०५ बोरा अर्थात् १५२५ के.जी. रहेको छ भने मकै ४५ बोरा अर्थात् २४७५ के.जी. रहेको छ । ३४ लाख ११ हजार रुपैयाँ बराबरको बरामद सामान र सवारी साधन समेतलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताए ।