• मंसिर १४ २०८१, शुक्रबार

वाइडबडी खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्ध मुद्दा दायर

चैत्र २२ २०८०, बिहीबार

काठमाडौं । वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरूद्ध मुद्दा दायर भएको छ । शाही कांग्रेसबाट मन्त्री बनेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सहायक प्रवक्ता यज्ञाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार एक अर्ब ४७ करोड १० लाख बढी रकम बिगो माग गरी मुद्दा दायर गरिएको छ । यस मुद्दामा तत्कालीन पर्यटनमन्त्री शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन भन्सार विभाग प्रमुख शिशिर ढुंगाना, सचिव बुद्धिसागर लामिछाने र पर्यटन सचिव शंकर अधिकारीविरूद्ध मुद्दा दायर भएको छ । ३२ जनाविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।