• मंसिर १२ २०८१, बुधबार

भारतमा कारखाना खोल्न जग्गा खोज्दै टेस्ला

चैत्र २२ २०८०, बिहीबार

नयाँ दिल्ली । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भारतमा विद्युतीय सवारी साधन बनाउने कारखानाका लागि जग्गा खोजिरहेको छ ।

कम्पनीले ३ अर्ब डलरसम्मको रकम खर्चेर कारखाना बनाउन लागिरहेको छ । फाइनान्सियल टाइम्समा छापिएको समाचारका अनुसार कारखाना २ देखि ३ अर्ब डलरसम्मको हुनेछ ।

कारखानाका लागि कम्पनीले महाराष्ट्र, गुजरात र तमिल नाडुलाई बढी ध्यान दिइरहेको खबरमा भनिएको छ । यस विषयमा सीएनबीसीले राखेको जिज्ञासामा कम्पनीले तत्कालै प्रतिक्रिया नदिएको बताइएको छ ।

भारतले गएको महिना ५० करोड डलरसम्म लगानी गरेर तीन वर्षभित्र घरेलु स्तरमा ईभी बनाउन इच्छुक अटो निर्माता कम्पनीका लागि निश्चित खालका ईभीमा आयात महसुल घटाएको थियो ।