• मंसिर १२ २०८१, बुधबार

एक्लो यात्रामा कस्ता विषयमा ध्यान दिने?

चैत्र २२ २०८०, बिहीबार

जानौं, एक्लो यात्रामा कस्ता विषयमा ध्यान दिने :

ओभरप्याकिंग नगर्नुस्

जब तपाईं एक्लो यात्रामा निस्कनुभएको छ, यो कुरा सधैं सम्झनुहोस् तपाईं आफ्नो सामानको व्यवस्थापन कसैको सहयोग बिना नै गर्नुपर्ने हुन्छ ।त्यसैले सोंचेर बुझेर मात्र आफ्नो झोला तयार गर्नुहोस् । जसमा एकदमै कम सामान राख्ने र अतिआवश्यक खालको सामानहरुमा ध्यान दिने ।

धेरै गन्तव्य नराख्नुस

एकदमै धेरै ठाउँमा घुम्छु भन्ने विचार पनि गलत हुन सक्छ । किनकि त्यसका लागि छिटो छिटो ठाउँ  घुम्नुपर्ने र परिवर्तन गर्नुपर्ने हुन्छ ।जसले गर्दा तपाईं कुनै पनि ठाउँलाई आनन्दले एक्सप्लोर गर्न सक्नुहुन्न । यताउता भागेर नै समय बित्छ ।प्रायः एक्लो यात्रा भनेको ढिलो घुम्ने, आनन्द लिने तथा मनलाई शान्त बनाउने खालका हुन्छन् । यो बुझ्न जरुरी छ कि, एउटै समयमा धेरैतिर भ्याउन सम्भव हुँदैन ।

प्लान बी

सधैं सोंचेजस्तो नहुनु पनि सक्छ । त्यसैले घुम्ने योजना बनाउँदा सधैं प्लान बी अर्थात् अर्को योजना पनि सँगै बनाइराख्नुहोस् ।यदि तपाईंको मुख्य योजना केही कारणले सफल हुन सकेन त्यहाँ जान पाउनुभएन वा सक्नुभएन भने दोस्रो योजनामा तपाईं घुम्न सक्नुहुन्छ ।यसो गरेमा तपाईंले घुम्नका लागि निकालेको समय पनि खेर जाँदैन । साथै पैसा पनि खेर जाँदैन । एक ठाउँ नभए अर्को ठाउँमा घुम्न सकिन्छ ।

यात्राको बजेट

एक्लो यात्राको मतलव कम खर्च हुने भन्ने हुँदैन । त्यसैले जहिले पनि तपाईं एक्लै बाहिर घुम्न जाने सोंच्नुहुन्छ बजेटको योजना पनि बनाउनै पर्दछ ।साथै अप्ठेरोमा तपाईंलाई सहयोग गर्ने कोही उपलब्ध नहुन पनि सक्छ त्यसैले अलिकति धेरै खर्चको व्यवस्थापन गरेर हिँडेको राम्रो हुन्छ ।

सुरक्षित बसाई

 

 

जब तपाईं एक्लै बाहिर यात्रामा निस्कनुहुन्छ सुरक्षित बसाई पनि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले पहिले नै अध्ययन गरी आफू सुरक्षित बस्न सकिने स्थान तथा होटेल आदिका बारेमा बुझ्नु बुद्धिमानी हुन्छ ।