• मंसिर १२ २०८१, बुधबार

गर्मीमा खानैपर्ने खानेकुरा

चैत्र २१ २०८०, बुधबार

खरबुजा
खरबुजाले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्दत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्न पनि दिँदैन । यसको लाइकोपीनले छालालाई घामबाट हुने क्षतिबाट पनि जोगाउँछ ।

दही
प्रोटीनले भरपूर दही गर्मीमा तपाईंलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म भोक लाग्दैन । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।

ब्ल्याकबेरी र र्‍यास्पबेरी
बेरीहरू फाइबरको राम्रो स्रोत हुन् । यिनमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ ।

ग्रीन टी
गर्मीमा ग्रीन टीले तरोताजा राख्न मद्दत गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्न मद्दत गर्छ । तातो नसके चिसो भए पनि ग्रीन टी पिउनुस् ।

स्याउ र नास्पाती
यी दुवै फलमा फाइबर भरपूर हुन्छ । यसलाई नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्त्व पाइन्छ । खानुअघि यिनलाई मज्जाले धुनुस् ।

ड्राई फ्रुट्स
गर्मीको मौसममा बदाम, काजु र छोकडामा मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । एजेन्सी