• शरीरमा हुँदा थाहा नहुने रातो फुस्रो दाग कुष्ठरोग हुन सक्छ ।
• अनुहार तथा कानको लोतीमा देखा पर्ने गिर्खाहरू, चिल्लो चम्किलोपन समेत कुष्ठरोग हुन सक्छ ।
• नियमित हात खुट्टा झम्झमाउनु समेत कुष्ठरोगको लक्षण हो ।
• कुष्ठरोग किटाणुको कारणले लाग्दछ । औषधी सेवन नगरेका व्यक्तिाहरु द्वारा अरूल सर्दछ ।
कुष्ठरोग नियन्त्रण गर्ने उपाय
औषधीको पहिलो मात्रा सेवनले रोग सर्ने प्रक्रिया रोक्दछ ।
कुष्ठरोगको जाँच र औषधी देशका सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध छ।
रोग निदान पश्चात छ महिना वा १२ महिना सम्म औषधी सेवन गर्नाले यो रोग पुर्ण रूपमा निको हुन्छ र अङ्गभङ्ग हुन पाउँदैन ।