• बैशाख १० २०८२, बुधबार

ताइवानमा  ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

चैत्र २१ २०८०, बुधबार

काठमाडौँ ।  ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ।

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको भूकम्प मापन अधिकारीहरूले जनाएका छन् ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले जापानको दक्षिणपश्चिम तटीय क्षेत्रमा ३ मिटर उचाइसम्म छालहरू आउने जनाएको छ ।

फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।

भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७।६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।