• मंसिर १२ २०८१, बुधबार

माइग्रेनका कारण र लक्षणहरु

चैत्र १८ २०८०, आईतवार

हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रत्तफ्नली र  मस्तिष्क वरिपरिका नसाहरु सुन्निन थाल्दछन् ।

अन्य कारणहरु

  • बढी मानसिक चिन्ता लिनाले
  • चिया र कफि धेरै पिउनाले
  • समयमा नसुत्नाले
  • गुन्द्रुक, तामा तथा शिशीमा राखिएका पुरानो  अचारको सेवनले
  • बढी मात्रामा दुखाई कम गर्ने औषधिहरु  (पेनकिलर) को प्रयोग  तसर्थ माथि दिइएका कारणहरुले माइग्रेन हुने  सम्भावना बढी हुन्छ ।

    माइग्रेनका लक्षणहरु

    माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे पफ्रक हुने गर्दछन् । ती मध्ये प्रायः

    • टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र तर करिब एक तिहाई  बिरामीमा यो दुखाई टाउकोको दुवै भागमा समेत हुने गर्दछ ।
    • टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
    • यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहिं आँखाका गेडाहरु दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखापर्न सक्छ ।
    • वाकवाकि लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि समेत सहन नसक्ने, हात–खुट्टा चिसो हुने आदि समेत हुनसक्छ ।
    • टाउको दुखाई हुनु भन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाई  लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने आदि समेत  हुन्छ ।
    • त्यस्तै टाउको दुखाई सक्किएको करिब २४ घन्टासम्म बिरामीले  थकान महसूस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो  महसूस गर्ने गर्दछ ।