• मंसिर १४ २०८१, शुक्रबार

बालुवाटारमा आज संवैधानिक परिषद्को बैठक बस्दै

चैत्र १८ २०८०, आईतवार
काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । आज  बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेका थिए ।