• मंसिर १४ २०८१, शुक्रबार

घरी कांग्रेससित, घरी एमालेसित मिल्न जाँदा हाम्रा साथीहरुलाई नमजा लागेकै छ : प्र.म दाहाल

चैत्र १७ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो कोसिस सकेसम्म सबै राजनीतिक दल, सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु भएको बताए । प्रचण्डले नेपाली कांग्रेससँग नजिक हुँदा र कहिले एमालेसँग नजिक हुँदा नेता साथीहरूलाई नमिठो लागेको जनाए ।

उनले सबै राजनीतिक दललाई एक ठाउँमा ल्याई सहमतिका आधारमा काम गरिरहेको जिकिर गरे । सुशासन र समृद्धि आवश्यक रहेको भन्दै उनले मुलुकमा राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताए ।

हामीले सहमतिकै आधारमा काम गरिरहेका छौं । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ,’ उनले यतिबेला सुशासन र समृद्धि चाहिएको भन्दै त्यसको निम्ति राष्ट्रिय समझदारी बनाउन नसके निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषदसँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको पनि बताए ।