• मंसिर १४ २०८१, शुक्रबार

मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

चैत्र १७ २०८०, शनिबार

काठमाडौँ  ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा नयाँ समिकरण बनेसँगै नेपाली कांग्रेस फागुन २३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता  लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।