• मंसिर १२ २०८१, बुधबार

भारतले दियो नेपाललाई ३ महिनाको लागि विजुली किन्ने अनुमति

चैत्र १५ २०८०, बिहीबार

चैत्र १५, काठमाडौँ । भारतले थप तीन महिनाका लागि ५४४  मेगावाट  विजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि विजुली किन्ने अनुमति दिएको हो ।

यससँगै नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि  विजुली किन्ने अनुमति दिएको जानकारी दिए ।

उनले नेपाललाई डेढ महिनाका लागि मात्रै  विजुली चाहिने भएको समेत बताए । नेपालले १ वर्षका लागि  विजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाएको थियो । तर भारतले ३ महिनाका लागि मात्रै गरेको हो । र यो पनि दिउँसोका लागि मात्रै अनुमति प्रदान गरेको छ । डेढ महिनाको आपूर्ति व्यवस्थापन भएपछि भने नेपालको आफ्नै उत्पादन पर्याप्त मात्रामा सुरु हुन्छ ।