• मंसिर १२ २०८१, बुधबार

खुट्टा सुन्निने कारण

चैत्र १५ २०८०, बिहीबार

खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन् ।

मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ ।कहिले काहिँखुट्टा सुन्निने सामान्य कारण पनि हुनसक्छ । जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्नेजस्तैः सवारी चालक र गार्ड आदि । यसको लागि पीर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन । औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ । मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । यदि औषधिका कारणले सुन्निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ ।