काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने निणर्य गरेको छ । कैलालीको टीकापुरमा बसेको नाउपाका संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई केन्द्रसहित प्रदेशमा पनि साथ दिने निणर्य गरेको हो ।
बहुमत केन्द्रीय सदस्यहरूले नयाँ गठबन्धनलाई साथ दिने निणर्य गरेसँगै सुदूरपश्चिम र लुम्बिनीमा नेपाली कांग्रेसले नेतृत्व गरेको सरकार ढल्ने भएको छ ।
दुवै प्रदेशमा सरकार बनाउन नाउपा निणर्ायक छ । सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री पाउने समझदारी विकसित भएको बताइएको छ ।