• मंसिर १४ २०८१, शुक्रबार

सुशासन र संघीयता सबलीकरण समितिको बैठक आज बस्दै, गृहमन्त्री उपस्थित हुने

चैत्र १४ २०८०, बुधबार

काठमाडौँ ।  संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

गृहमन्त्री रवि लामिछानेलाई पनि सुशासन समितिको बैठकमा  बोलाइएको छ । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना लगायत विविध विषयमा छलफल हुने बताइएको छ ।