काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८० साल चैत १४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।