• जेष्ठ १२ २०८२, आईतवार

सर्वोत्तम सिमेन्टको सेयरमा लगातार सर्किट, कति पुग्यो मूल्य?

चैत्र १३ २०८०, मंगलवार

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा लगातार सकारात्मक सर्किट लागिरहेको छ। गत ६ गतेदेखि दोस्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयरमा मंगलबार पनि सकारात्मक सर्किट लागेको छ।

मंगलबार ९.९९ प्रतिशतले कम्पनीको सेयर बढ्दा लगानीकर्ताले ८१.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। योसँगै ५५६ रुपैयाँमा बजारमा कारोबार सुरु गरेको कम्पनीको औसत कारोबार मूल्य ८१३ रुपैयाँ ५० पैसा पुगेको छ।

बजार प्रवेश गरेको दिन ६११.६० रुपैयाँमा बन्द भएको सेयर मूल्य भोलिपल्ट ६७२.७० रुपैयाँ, पर्सिपल्ट ७३९.९० र शनिबार र होलीको सार्वजनिक विदापछि सोमबार ८१३.८० रुपैयाँमा कारोबार बन्द भएको थियो। आज मंगलबार कम्पनीको सेयर मूल्य ८९५.१० रुपैयाँमा बन्द भएको छ।

नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ भने बजार पुँजीकरण ३७ अर्ब ८४ करोड १७ लाख रुपैयाँ छ। कम्पनीमा ८७.१० प्रतिशत संस्थापक सेयर छ भने १२.९० प्रतिशत सर्वसाधारणको सेयर लगानी छ।