• आश्विन १३ २०८१, आईतवार

बजारमा अहिले मेवा नै मेवा, खानुका यस्ता छन् चमत्कारी फाइदा

चैत्र १३ २०८०, मंगलवार

मेवा एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै लाभदायक फल मानिन्छ। यो बजारमा सहज रूपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने फल होे । अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् ।

गर्मीमा मेवा खानु अझै फाइदाजनक मानिन्छ । किनकी यसले शरीरको तापक्रमलाई घटाउने काम गर्छ जसले गर्दा डिहाइड्रेशन तथा गर्मी कम हुन्छ ।

छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ,  पाकेको मेवा  फेसप्याकको रूपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।

मेवा कब्जीयतमा पनि फाइदाजनक छ । यसले कब्जीयत कम गरी दिशा खुलाउने काम गर्छ । नियमित बिहान खाली पेटमा मेवाको सेवन गर्नाले एसिडिटी र पेटको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ । अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ ।