काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीश डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
व्यवसायी दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर विवाद सिर्जना भएको थियो । सरकारले दिएको आशयपत्र अनुसार सबै प्रक्रिया पूरा भएर पनि सम्बन्धन नपाएपछि व्यवसायी दुर्गा प्रसाईंले २०७८ साल भदौ २४ गते सर्वोच्चमा रिट दिएका थिए ।
चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर, उपाध्यक्ष चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर, काठमाडौं विश्वविद्यालय उपकुलपतिको कार्यालय धुलिखेल काभ्रे, रजिष्टार काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, प्राज्ञिक परिषद काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, विद्यापरिषद स्कुल अफ मेडिकल साइन्सेस काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, डीन, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस डिनको कार्यालय धुलिखेल काभ्रे, कार्यकारी परिषद काठमाडौं विश्वविद्यलाय धुलिखेल काभ्रेलाई रिटमा विपक्षी बनाइएको थियो ।